देउखुरी । संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा एमाले लुम्बिनी सरकारमा सहभागी हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
आचार्य तेस्रो पटक मन्त्री बन्दैछन् । अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए र एमाले दल नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए । आचार्यको नेतृत्वमा सरकारमा जाने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बनाए ।
नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयबाट पद तथा गोपनीयताको सथप ग्रहण गरेर दाङ देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
आजै सबै दलबाट एक–एक जनाको सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी रहेको छ । आज बन्ने मन्त्री विनाविभागीय हुन् । ‘आज बन्ने मन्त्री मण्डलमा चेतनारायण आचार्य सहभागी हुनुहुन्छ,’ प्रमुख सचेतक चौधरीले भने, ‘पाउने मन्त्रालय र मन्त्रीको नाम पछि टुंगो लगाउँछौँ ।’

