जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ स्थित अगेरपानी सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार समुहको कार्यालय स्थित प्राङ्गणमामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले यहाँको विकासको लागि वडा कार्यालयले मात्र सबै गर्न नसकिने भन्दै त्यसको लागि सामुदायिक वन सङ्गै सम्पुर्ण संघसंस्था एक हुन आवश्यक रहेको बताउनुभयो । वनमा अथाह स्रोत साधान हुने भएकाले त्यसको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै बाणगङ्गा सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत अर्जुन चापागाईंले वनको महत्वलाई दर्साउदै वनको दिगो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । वनको श्रोत साधनलाई सहि व्यवस्थापन गर्न सके समाजको विकास गर्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।
वनका अध्यक्ष छबि कुमार विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अगेरपानी सामुदायिक वनलाई व्यवस्थित गर्दै लैजाने बताउनुभयो । वनले विगतमा भौतिक विकास, सामाजिक विकास लगायत समाज रुपान्तरणका विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै त्यसलाई अझ प्रभावकारी बनाउदै लैजाने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य ओम दर्लामी, पुर्व अध्यक्ष डासुराम विष्ट, सल्लाहकार देवराज पन्थी, व्यवसायी माधव बन्जाडे, ढाब सामुदायिक वनका प्रतिनिधि गणेश न्यौपाने, स्थानिय युवा तारा प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दिर्घ रोगी १ जना र उक्त वनमा काम गर्ने क्रममा घाइते भएका २ जनालाई आर्थिक सहयोग गर्ने घोषण समेत गरिएको थियो ।
वनका अध्यक्ष छबि कुमार विष्टको अध्यक्षता, हरि विष्टको स्वागत तथा मान बहादुर विष्टको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वनका उपभोक्ता, छिमेकी सामुदायिक वनका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।



