जनहित अनलाइन, कपिलवस्तु । कक्षा १२ को नतिजामा बाणगंगा नगरपालिका–११ मा अवस्थित हेमराज माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक विकास श्रेष्ठका अनुसार विद्यालयकी छात्रा पुनम चौधरीले ३.८५ जिपिए ल्याएर जिल्लामै प्रथम स्थान हासिल गरेकी छन । त्यस्तै अर्का विद्यार्थी अर्जुन लम्सालले ३.८२ जिपिए प्राप्त गरेका छन् ।
श्रेष्ठका अनुसार कुल ६४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ३६ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ५६.२५ रहेको छ ।नतिजाअनुसार २ जनाले ए प्लस, ४ जनाले ए, ७ जनाले बी प्लस, १६ जनाले बी र ७ जनाले सी प्लस ल्याएका छन्।
विद्यालयले सार्वजनिक गरेको नतिजा र प्राप्त उपलब्धिका आधारमा हेमराज माविले जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाएको दाबी गरेको छ ।


