श्रृङ्गीघाट सामुदायिक वनको १२ औं बार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 कपिलवस्तु । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुह कपिलवस्तुको बाणगंगा १, ३, ४ र ५ कपिलवस्तुको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार ‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ १२ औं वार्षिक साधरणसभा बाणगङ्गाको श्रीपेच होटेलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नेपालको वन १२ महिनाको धन बन्न सक्नुपर्ने बताउनुभयो । उपभोक्ताहरुको हक हितका लागी वनले अझै राम्रो काम गर्दै जानुपर्ने बताउनुभयो । उहाँले बाणगंगाका ३६ ओटा वन मध्ये सबै उत्तिकै स्रोत नभएको बताउनुभयो । उहाँले स्थानीय सरकार,वन तथा सव डिभिजन वन आगामी दिनमा सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले वनका बजेटलाई सहि स्वरुपले खर्चिन आग्रह गर्नुभयो ।

यस्तै वैज्ञानिक वन महासंघ उपझोत्ता केन्द्रिय अध्यक्ष रेणु सेनले महिलाहरुलाई उद्यममुखी बनाउनुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण सामुदायिक वनहरुले महिलाका लागाी तालिम मात्रै नभएर केही रकम बजेट छुट्याउन आग्रह गर्नुभयो । सेनले वैज्ञानिक वन व्यवस्थापनको बारेमा ज्ञान नै नभई हावामा बोल्ने क्रम आफुले देखेको भन्दै उनले त्यसो नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले वनले आम्दानीका स्रोत बढाउने, रोजगारि सृजन गर्ने बताउदै देशलाई काठमा आत्मनिभर बनाउनु पर्ने बताउनुभयो । उहाँले गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । बुढा रुख काट्ने काटेका ठाउँमा नयाँ विरुवा रोप्ने र रोपेका विरुवा हुकाउने र संरक्षण गर्ने बताउनु भयो ।

No description available.

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरि, बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र बिक्रम शाह, शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, नेपाल वन पैदावार महासङ्ग लुम्बिनी प्रदेश अध्यक्ष रुक बहादुर भुसाल, मोतिपुर सामुदायिक वनका अध्यक्ष अहमत अन्सरी, एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, नेपाली कांग्रेस बाणगंगा नगरसमिति सभापति बिष्णु थापा, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बजार्चाय लगायतले श्रृङ्गीघाट सामुदायिक वन जिल्लामै उत्कृष्ट भएको बताए ।

जिल्लामा ठुलो क्षेत्रफल समेत ओगटेको धेरै वनले उत्कृष्ट काम गर्दै आएको बताए । उहाँहरुले सामुदायिक बनले पर्यटकीय स्थलको लागि समेत काम गनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सामाजिक रुपमा अत्यन्तै उदाहरणीय कार्य गरेकोमा प्रशंसामुखी भएको बताए । र्काक्रममा अटो रिक्सा चालक महिलाहरुको लागि पनि उच्च समान्न गर्दै नगद सहित सम्मान गरीएको थियो ।

वनका कोषाअध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन, सचिव सुस्मा खाणँले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गणेश बहादुर सिंह ठकुरी (सुसिल) को अध्यक्षता, चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव सुस्मा खाँणले गर्नुभएको थियो ।

 

No description available.No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *