शितगंगा १३ मा जनप्रतिनिधि सङ्ग विद्यार्थी कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । खस्किदै गैरहेको शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि अर्घाखाँचीको शितगंगा १३ मा जनप्रतिनिधि सङ्ग विद्यार्थी कार्यक्रम गरिएको छ । विभिन्न कारणले विद्यालयमा विद्यार्थीको सङ्खया घट्दै जानु र शिक्षाको गुणस्तर पनि कमजोर बन्नु अहिले सिङ्गो शितगंगाको प्रमुख समस्या बनिरहेको छ । सोहि समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १३ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.ली. द्वारा सञ्चालित रेडियो हर्टविटको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यार्थीहरुले विशेष गरि पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, आवश्यक खेल मैदान, सभाहल, आवश्यक भौतिक पुर्वाधार, खानेपानी, छात्रावास, ट्वाइलेट, आवश्यक शिक्षक तथा शैक्षिक सामाग्री लगायतका विभिन्न समस्या उठान गरेका थिए । त्यस्तै उनीहरुले आफ्ना घरपरिवार बाट आएका समस्यालाई समेत खुलेर राखेका थिए ।

No description available.

कार्यक्रममा सहभागि बाट उठेका प्रश्नहरुको सम्बोधन गर्दै शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै यस कार्यक्रमले शिक्षा क्षेत्रको प्रवदर््धन हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि १३ नम्बर वडाले यस क्षेत्रमै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । कार्यक्रम बाट आएका समस्या तथा गुनासाहरुलाई पालिकामा पेश गर्ने पनि उहाँले बताउनुभयो ।

यसैबिच विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुले पनि विद्यालयका समस्यालाई समाधान गर्न वडा र नगर सङ्ग आग्रह गरेका थिए ।

वडा अध्यक्ष दुर्ग बहादुर वि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य मिना वि.सी. परियार वडा सदस्यहरु टान बहादुर वि.सी. बाबुराम वि.सी. तुलसा वि.सी., राजनैतिक दलका प्रतिनिधि, १० वटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वडा सदस्य बाबुराम वि.सी. को स्वागत रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अनिता क्षेत्रीले गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *