राम दतिवन धाममा सञ्चालित चारदिने महाशिवरात्रि महापर्व महारुद्राभिषेक सम्पन्न 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइ, कपिलवस्तु ।  कपिलवस्तुको वाणगङ्गामा अवस्थित राम दतिवन धाममा सञ्चालित महारुद्राभिषेक आज सम्पन्न भएको छ । महाशिवरात्रि महापर्वको अवसरमा यही फाल्गुन १२ गतेदेखि सञ्चालन भएको ४ दिने महारुद्राभिषेक अखण्ड होम तथा भजन कृतन कार्यक्रम सम्पन्न भएको हो ।


धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराजको मुखार विन्दुबाट दैनिक प्रवचन रहेको उक्त कार्यक्रमको अवधिभर करिब ३० हजार भक्तजन उपस्थित भएको सचिवालयले जनहित अनलाइन सङ्ग बताएको छ ।

त्यस्तै कार्यक्रम अवधिभर उपस्थित भक्तजन, जेष्ठनागरि तथा साधुसन्तहरूलाई कम्बल समेत वितरण गरिएको थियो । कार्यक्रममा दैनिक अखण्ड होम, भण्डार, महारुद्री, भजन कृतन रहेको महारुद्राभिषेक निर्देशक तथा नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले जनहित सङ्ग बताउनुभयो । 


कार्यक्रमको अन्तिम दिनमा  शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन हिमा बेल्वासेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *