यी हुन शितगंगा १३ को वडा भेलाले गरेका ५ महत्वपुर्ण निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले ५ महत्वपुर्ण निर्णय गर्दै वार्षिक समिक्षा, आगामि आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव सङ्कल तथा वडा भेला सम्पन्न गरेको छ । शुक्रबार वडाको सभाहलमा भएको कार्यक्रममा उक्त निर्णय गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

वडा सभाले बसाइँ–सराइ न्युनिकरणको लागि जग्ग किनबेचलाई व्यवस्थापन गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्यनको लागि बजेट विनियोजन गर्ने, भौगलिक विकटता तथा सदरमुकाम देखि करिब ६७ किलोमिटर पुर्वमा रहेको सिमलपानीका करिब १२ सय परिवारको जग्गाहरुको हालसाविक र श्रेस्ता कायम गर्नको लागि बजेट विनियोजन गर्ने, वैदेशिक रोजगार बाट फर्केका युवाहरुलाई उत्पादन कार्यक्रम मार्फत रोजगार सृजना गर्ने, भाटगाउँ र गोब्रेपानीमा होमस्टे सञ्चालन, कृषिका कार्यक्रम सङ्गै कोदोको रक्सिलाई ब्रान्डिङ्ग गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउने निर्णय गरिएको वडा अध्यक्ष वि.सी. ले जनहित सङ्ग बताउनुभयो ।

May be an image of 4 people and people studying

त्यस्तै वडा भेलाले आगामि आर्थिक वर्ष २०८१÷०८२ मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता क्षेत्रलाई प्राथामिकतामा राख्ने निर्णय गरेको छ । सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथामिकता राखेर बजेट विनियोजन गर्ने जनाइएको छ ।

कार्यक्रममा वडा भित्रका विभिन्न टोल बाट आएका सुझव, माग, तथा समस्याहरुलाई वडा सदस्य टान बहादुर वि.सी.ले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष दुर्गा बहादुर वि.सी.को अध्यक्षता नगर उपप्रमुख गिता भाटको प्रमुख आतिथ्यता, पूर्व प्रदेश सांसद जाल्पा भुसाल, जिल्ला समन्वय समिति सदस्य मिना वि.सी. परियारको विशिष्ट अतिथ्यता रहेको थियो । वडा सदस्य, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय लगायतको उपस्थित रहेको कार्यक्रम वडा सदस्य बाबुराम वि.सी.को स्वागत तथा वडा सचिव रामु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 9 people, people studying and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *