चेतन विष्ट,कपिलवस्तु । मेरोमाइक्रोफाइनान्स जितपुर शाखाको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि सम्पन्न भएको छ । वित्तीय कारोबारलाई व्यवस्थित र मर्यादित गराउने उद्देश्य मगंलबार साक्षरता अभिवृद्धि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै बाणगंगा नरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मि मगरले सहकारी तथा लघुवित्त संस्थाले प्रदान गरेको आर्थिक स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । समाजका व्यक्तिहरुको आर्थिक अवस्था सुधार गर्नको लागि यस्ता सहकारी र लघुवित्तको महत्वोपुर्ण भुमिका रहनेभएकाले सबै मिलेर वित्तीय संस्थाको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्रहरी वरिष्ठ नायव निरीक्षक पिपराका कृष्ण प्रसाद खनालले केहि वित्तीय संस्थाका कारण अन्य संस्थाहरु प्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गैरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शाखा प्रवन्धक चित्र प्रसाद उपाध्याय शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रका प्रतिनिधि रमेश बहादुर धामि, जितपुर शाखाका प्रतिनिधि तथा कर्मचारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो । शाखा प्रवन्धक उपाध्यायको अध्यक्षता, निम प्रसाद डंगोलको स्वागत तथा सहायक देवेनद्र डागीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट ४ वटा केन्द्रका प्रमुखहरुलाई नगद सहित पुरष्कृत समेत गरिएको थियो । कार्यक्रममा ८० भन्दा धेरै शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

