जनहित अनलाइन, कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले जापानीज भाषा उत्तीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशमै उत्कृष्ट शैक्षिक संस्थाले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित विदाई तथा सम्मान गरेको हो ।
एप्रिल इन्टेक २०२६ का लागि जापानको विद्यार्थी भिसा प्राप्त ४० विद्यार्थीहरूलाई सम्मान, विदाई तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सि।ओ।ई। प्राप्त विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा सिओई प्राप्त विद्यार्थीहरुले ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन शैक्षिक क्षेत्रमा अब्बल सावित भएको बताउदै धन्यवाद दिएका थिए ।
संस्थाका प्रमुख असीम क्षेत्रीले कार्यक्रम विदाई तथा सम्मान कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै सम्पुर्णको शैक्षिकसंगै समुज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले गतिविधिहरुबारे स्पष्ट रुपमा जानकारी गराउदै जापान पुगिसकेपछि हुने क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएको थियो । उहाँले यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताउनुभयो ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बिक्रम परियार, चर्चित लोक तथा दोहोरी गायीका शान्तारानीले शुभकामना मन्तब्य सहित सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
संस्थाका प्रमुख असीम क्षेत्रीले कार्यक्रम विदाई तथा सम्मान कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै सम्पुर्णको शैक्षिकसंगै समुज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले गतिविधिहरुबारे स्पष्ट रुपमा जानकारी गराउदै जापान पुगिसकेपछि हुने क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएको थियो । उहाँले यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताउनुभयो ।
ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा. लि.का संचालक असिम कंडेल क्षेत्रीको अध्यक्षता तथा कोरियन भाषा प्रशिक्षक निरज थापाको स्वागत तथा सञ्चारकर्मी राजेन्द्र खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।