बुटवल-गोरुसिङ्गे सडकखण्ड अवरुद्ध, तामनगरको राजपुर पुल भासियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्डको बुटवल १२ तामनगरमा रहेको राजपुर पुल भासिएको छ । पुल भासिएपछि सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पुल भासिएपछि आयोजनाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्र नजिकैको बस्तीमा सतर्कता अपनाउन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ ।

हाल प्राविधिक टोली खटाई पुलको क्षति मूल्यांकन भइरहेको र मर्मत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *