कालीकोटको महावै–३ का वडाअध्यक्ष सिंंहमाथि कुटपिट, टाउकोमा सात वटा टाँका

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । कालीकोटको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई हिजो बेलुका स्थानीय युवाको समूहले कुटपिट गरेका छन् ।

आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ । वडाअध्यक्ष सिंहको टाउकोमा सात वटा टाँका लगाएको छ ।

उहाँको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *