प्रभावकारी बन्दै शितगङ्गा १३ मा सञ्चालित श्रमदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा १३ मा सञ्चालित श्रमदान प्रभावकारी बन्दै गएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ, मेरो वडा म बनाउन्छु’ भन्ने मुल नारा सहित असार २५ गतेदेनि सञ्चालित श्रम शिविर प्रभावकारी बन्दै गैरहेको हो ।

वडा भित्रका प्रत्येक गाउँ तथा टोलटोलमा हरेक वडा सदस्यहरूलाई पठाएर जनप्रतिनिधिकै नेतृत्वमा श्रम शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो । बर्खाको समयमा मेसिन प्रयोग गरेर बाटो मर्मत गर्नुभन्दा श्रमदान बाट गरिएको मर्मत सम्भार प्रभावकारी हुने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

हरेक टोलमा भएको श्रमदानमा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको वडा सदस्यहरुले बताएका छन ।

यता स्थानीयले पनि यस कार्यक्रमको स्वागत तथा तारिफ गरेका छन । श्रमदानले वडावासीहरुलाई एकजुट बनाउन पनि यसले सहयोग गरेको उनीहरुले बताए । यस्तो कार्यक्रमलाई हरेक वर्ष सञ्चालन गर्न पनि स्थानीयहरुले माग गरेका छन ।

May be an image of 6 people, mountain and text

May be an image of 16 people and tree

May be an image of 11 people, people climbing and tree

Leave a Reply

Your email address will not be published. Required fields are marked *