प्रधानमन्त्री कार्की भन्छिन् : ६ महिनाभन्दा बढी पदमा बस्दिन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

काठमान्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभन्दा बढी पदमा नबस्ने अठोटका साथ काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले आइतबार पदभार ग्रहण गर्दै आफ्नो टिमले ६ महिनाभित्र जिम्मेवारी पूरा गरेर त्यसपछि जिम्मेवारी सुम्पने स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सबैको सहयोग माग्दै आफू रहरले प्रधानमन्त्री नबनेको बताइन । उनले आफूलाई चुनौतिपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मौका मिलेको भन्दै सफलताको कामना गर्ने सबैलाई धन्यवाद दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *