नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः डीबी रेश्मी मगर चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः डीबी रेश्मी मगर चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगा हलमा सम्पन्न भएको दशौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

 

अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवनाथ मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा गोमा पोख्रेल चयन हुनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यमा कुलराज भुसाल, गिरीराज पोख्रेल, दिपक भुसाल, तुलसी खनाल, इन्द्रमणि पाण्डे, ईश्वरी भुसाल, बेद प्रसाद पन्थी, अम्बिका अर्याल, कृष्ण प्रसाद भट्टराई, तारा प्रसाद पौडेल र राजेन्द्रप्रसाद खनाल चयन हुनुभएको छ ।

नेकपा एमाले केन्द्रीय केन्द्रिय लेखा आयोग उपाध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता तथा नेकपा एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य एवं भूमि आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य बालाराम ज्ञवाली र नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको विशिष्ट आतिथ्यता रहेको उक्त अधिवेशनमा मानव अधिकार एलाइन्सका केन्द्रिय सचिव रोमकान्त घिमिरे, नेपाल बुद्धिजीवी परिषद् लुम्बिनी प्रदेश उपाध्यक्ष पोष्टराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशन डीवी रेश्मीको अध्यक्षता, राजकुमार अर्यालको स्वागत र जीवनाथ मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *