निसीखोला बस दुर्घटना: मृतक ९ र घाइते २६ जनाकै सनाखत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल। बागलुङको निसीखोलामा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ। दुर्घटनामा बस धनी र चालक सहित ९ जनाको मृत्यु भएको र २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए।

घाइते मध्ये धेरैको अवस्था गम्भीर छ। पूर्वी रुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।

डीएसपी केसीका अनुसार बसमा नाबालकसहित ३५ जना सवार थिए। २० जना घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ।

बागलुङमा उपचाररत २० जनाकै अवस्था मध्यम रहेको उनले बताए। गम्भीर घाइते ६ जनालाई थप उपचारको मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ।

दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो। ज्यान गुमाउनेमा पूर्वी रुकुममा ४ र पश्चिम रुकुमका ५ जना छन्।

दुर्घटनामा ज्यान गुमाउनेहरु

१. दाङ बस्ने बर्ष १८ का लक्कि पुन मगर
२. पश्चिम रुकुम मुसिकोट न.पा. ०१ का वर्ष २७ की विनिता केसी
३. रुकुम पश्चिम मुसिकोट नपा २ बबि नेपाली (बस धनी)।
४. रुकुम पश्चिम मुसिकोट नपा ४ वर्ष ३५ की टिका केसी।
५. रुकुम पश्चिम मुसिकोट नपा ३ कल्पना केसी।
६.रोल्पा घर भएका सुवाष गौतम (मानसिंह बिक) बसकाचालक ।
७. गोर्खा घर भएकी गिता थापा ।
८. ललितपुर घर भएको सुजन महर्जन।
९. रुकुम पूर्व सिस्ने गापा ५ बर्ष २५ को बिक्रम परियार (पत्रकार) ।

घाइतेहरुको विवरण
१. रुकुम पश्चिम मुसिकोट बर्ष ५२ को दशरथ नेपाली।
२ रुकुम पश्चिम आठबिसकोट नपा १ बस्ने बर्ष २६ को पुष्कर बुढा
३ मुसिकोट नपा १ बर्ष ३० को छकेन्द्र जंग सेन
४. गुल्मी मदाने गापा १ बस्ने बर्ष २४ को गोबिन्द बोहरा बसका सहचालक
५. मुसिकोट नपा ७ बर्ष ३५ को हिम बहादुर पाण्डे
६. गुल्मी मालिका गापा १ बर्ष ५० को बल बहादुर पुन
७ सुर्खेत पञ्चपुरी नपा ८ वर्ष २६ को लक्ष्मण बोगटी
८ रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बिक
९ रुकुम पश्चिम बोतलिवाङ गापा ११ बर्ष २२ कि सबिना पुन मगर
१० रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के।सी
११ मुसिकोट नपा ३ बस्ने बर्ष २४ को गणेश खड्का
१२ काठमाण्डौ टोखा बर्ष २३ कि श्रीष्टि गैरे
१३ डोल्पा त्रिपुरासुन्दरी नपा ३ बर्ष २८ को आविस्कार धराला
१४ रुकुम पश्चिम मुसिकोट नपा ०३ बर्ष २७ कि सरिता खड्का
१५ महिना ३ की ज्ञानु ढकाल
१६ ललितपुर महानगरपालिका १४ बर्ष २४ कि अनुज्ञा भट्टराई
१७ रुकुम पश्चिम मुसिकोट नपा ४ बर्ष ४६ कि बिना शर्मा
१८ मुसिकोट नपा ४ बर्ष ४४ कि कमला केसी
१९.मुसिकोट नपा ४ बर्ष २० कि लक्ष्मी पुन मगर
२०.मुसिकोट नपा ३ बर्ष ५५ को लिला केसी
२१ बर्ष ३० को ससिराम खड्का
२२ रुकुम पश्चिम तलाखेत नपा ४ बर्ष १८ कि सपना वली
२३ मुसिकोट नपा ३ बर्ष ६० को हर्क बहादुर केसि

२४ सानोभेरी गापा १ बर्ष २६ को दिनेश खड्का
२५ सिन्धुपाल्चोक जुगाल गापा ०२ बर्ष २६ को देवेन्द्र रिजाल
२६ रकुम पश्चिम मुसिकोट नपा ०७ वर्ष २१ की सोभा थापा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *