जनहित अनलाइन, कपिलवस्तु । साउन लागेसँगै तिज गीतहरु धमाधम आइरहेका छन । हरेक सर्जकहरुले आफ्नो क्षमता र इच्छा अनुसारका गीतहरु बजारमा ल्याइरहेका छन । तर विगतमा गाउने तिज गीतमा जुन महिलाका मर्म र भावना पोखेको पाइन्थ्यो त्यो भाव भने अहिले बिरलै देख्न पाइन्छ ।
विवाहित नारिले भोग्नु परेका पिर, वेथा र समस्याहरुलाइ गीत मार्फत नै उजागर गरिएका हुन्थे । तर अहिले सयौँ गीत सार्वजनिक हुँदा मुस्किलले एक दुइ वटा गीतहरुमा मात्र त्यो भावहरु देख्न पाइन्छ । पछिल्लो समयमा तिज गीतहरुमा नारीको वेदना, तिजको मर्म र भावना भन्दा पनि अपाच्य शब्द, असलिल तस्विर भएका गीत मात्र सार्वजनिक भएका छन ।
यस्तै भड्किला र नकरात्मक, गीतहरुको भिडिमा एउटा यस्तो सकरात्मक गीत सार्वजनिक भएको छ । जसले तिजको मर्म भावना र नारीको वेदना बोकेको छ । त्यो गीत हो काली पसम कि भाग २ । एउटा विवाहित नारीले घरमा भोग्नु परेको घरेलु हिंसाको पिडालाई गीत मार्फत उजागर गरिएको छ । यस मौलिक गीतमा प्रेम सापकोटा (सोनु) ले शब्द सगिंतको सिर्जना गरेका छन । गीतका प्रत्येक शब्दले मन छुन सक्ने क्षमता राखेका छन ।
शान्ती श्री परियारले आवाज भरेको उक्त गीतमा स्मारिका ढकालको उत्कृष्ट अभिनयले सुनमा सुगन्ध भरेको छ । शान्ति श्री परियारको स्वर मन नपराउने कमै हुन्छन । छोटो समयमै धेरैको मनमा बस्न सफल सोही गीत प्रेम सापकोटा सोनु अफीसियल युटुव च्यानल बाट सार्वजनिक भएको छ ।

