नवलपरासीमा कार दुर्घटना हुँदा अर्घाखाँचीका पौडेलको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा अर्घाखाँचीको पाणिनी धातिबाङका मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रि भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खस्दा अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार दुर्घटनामा कार चालक पौडेलका छोरा हरिशचन्द्र घाइते भएका हुन्। अवस्था सामान्य रहेको उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। कारमा बाबु छोरा मात्र सवार रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *