कपिलवस्तु । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
वडा प्रहरी कार्यालय चन्द्रौटाको अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।
लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा एक जनको अवस्था गम्भीर रहेको बताएको छ । गम्भीर घाइतेलाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी जनाएको छ । घटनाको थप विवरण आउन बाकिँ ।


