जितपुर मन्टेश्वरीद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।  कपिलवस्तुको बाणगंगा स्थित जितपुर मन्टेश्वरी स्कुलले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको शैक्षिक लगायत सर्वाङ्गिण विकासको लागि अभिभावकको भुमिका महत्वपुर्ण हुने भन्दै अभिमुखीकरण कार्यक्रम गरिएको मन्टेश्वरीका अध्यक्ष असिम कडेल क्षेत्रीले बताउनुभयो ।
अध्यक्ष क्षेत्रीले शिक्षाको क्षेत्रमा जिल्लाकै उत्कृष्ट मन्टेश्वरी बनाउने अभियानमा लागेको भन्दै मन्टेश्वरीले सुधार्नुपर्ने पक्षलाई खुलस्त रुपमा भनीदिन पनि अभिभावकहरु सगँ आग्रह गर्नुभयो । किताबी ज्ञानलाई मात्र नभएर मन्टेश्वरीले समय र परिस्थिती अनुसार अतिरिक्त क्रियाकलाप र नैतिक तथा अनुशासनका कुरालाई पनि सिकाउने बताउनुभयो ।

No description available.
बालबालिकाले अधिकाशं समय घरपरिवार सगँै बिताउने भएकाले अभिभावक विशेष चनाखो बन्नुपर्ने अभिमुखीकरण कार्यक्रमकी प्रशिक्षक पुजा कार्कीले बताउनुभयो । घरपरिवारमा सिकेका अधिकाशं व्यवहार नै बालबालिकाले आफुमा लागु गर्ने भएकाले घरमा असल व्यवहार सिकाउनुपर्नेमा जोड दिनुभयो ।

 

त्यस्तै मन्टेश्वरीका संस्थापक अध्यक्ष सुसिल पौडलले मन्टेश्वरीको समग्र विकासको लागि अभिभावक र समुदायको सल्लाह र सुझाब महत्वपुर्ण हुने बताउनुभयो ।

No description available.

मन्टेश्वरीका शेयर सदस्य, अभिभावक र शिक्षकहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रमको सञ्चालन मण्टेश्वरीकी प्रध्यानाध्यापक पुष्पा क्षेत्रीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *