कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा( २ पिपरामा रहेको जनता क्याम्पसमा बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलको अध्यक्षतामा १५ सदस्य क्याम्पस सञ्चालक समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्ष रत्न बहादुर कार्की चयन हुनु भएको छ भने सदस्यहरुमा हरी प्रसाद पाण्डे, रमेश पन्थी , हरी प्रसाद घिमिरे, कृष्ण गैरे, शिब कुमार कार्की, कृष्ण बहादुर कार्की, भिमसेन कार्की, नवराज बैदाली , बिष्णु माया थापा, उदयराज चौधरी, रहनु भएको छ ।
साथै क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखको जिम्मेवारी उज्जवल अधिकारीलाई दिने निर्णय समेत गरेको छ ।
कक्षा १२ सम्म मात्र अध्यापन हुदै आएको जनता माध्यमिक बिद्यालयमा यही शैक्षिक सत्रदेखि बीबीए इन आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम सञ्चालन हुने भएपछि जनता क्याम्पसमा सञ्चालक समिति गठन गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता माध्यमिक विद्यालयबीच औपचारिक सहकार्यपछि उक्त कार्यक्रम सञ्चालन हुने भएको हो।
मंगलबार लुम्बिनी विश्वविद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्य र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आपसी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
अध्यक्षमा चयन भएपछि पौडेलले क्याम्पसलाई प्रभावकारी रुपमा सञ्चालनका लागी रणनिति तयार गरी योजनाबद्ध तरिकाले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।


