गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक महिलाको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी ।  गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईकी ३० वर्षीया जुना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति तीन बजेतिर घरमा आगलागी भएको थियो । ज्यान गुमाएकी जुना आमा मनिदेवी विकसँग बस्दै आउनुभएको थियो । आगलागीको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *