कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न .५ र ६ मा अवस्थित खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मन्जु महत्रा सर्वसम्मत चयन भएकी छिन् । वनको २२औं बार्षिक साधरणसभा तथा ८ औं अधिवेशनबाट मत्रा पुनः अध्यक्षमा चयन भएकी हुन् ।
यस्तै उपाध्यक्षमा मोहन अडका, सचिवमा रामप्रसाद भुसाल, स(सचिवमा श्याम गन्धर्व ,कोषाध्यक्षमा बिमा खत्री चयन भएका छन् भने सदस्यहरूमा कालू नेपाली ,टेकबहादुर सुवेदी ,धनी कुमारी गन्धर्व सरस्वती न्यौपाने ,शान्ति थारू र दिपा खनाल चयन भएका छन् ।
अध्यक्ष मत्राले वनको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन आफ्नो प्राथमिकतामा रहने बताएकी छिन् । उनले वन सबैको साँझा सम्पत्ति भएको भन्दै यसको संरक्षणमा सबै एकजुट हुनुपर्ने र यसको उपयोग समाज रुपान्तरणका लागि गर्न सकिने बताईन् ।


