कपिलवस्तुको होराइजनले गर्यो कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा रहेको होराइजन माध्यमिक विद्यालयले कक्षा १२ को नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । आज एक भब्य कार्यक्रमको आयोजना गरि जिल्ला प्रथम हुन सफल मनिष गिरी सहित सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो ।

होराइजन माध्यमिक विद्यालय बाट जिल्ला प्रथम भएका गिरीले ३.९० जिपिए प्राप्त गरेका छन । त्यस्तै विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेका अनुसार २२ जनाले ३.६–४ जिपिए ल्याएका छन् । यस्तै ३.२–३.६ जिपिएमा ९२ जना, २.८–३.२ जिपिएमा ७० जना र २.४–२.८ जिपिए प्राप्त गर्ने २४ जना रहेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले कक्षा १२ मा जिल्ला प्रथम सहित उत्तीर्ण सम्पुर्ण विद्यार्थीहरुलाई बधाई दिँदै उच्च शिक्षामा अझ उत्कृष्ट नतिजा ल्याउने गरि अध्ययन गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक वादुदेव घिमिरेले २०६७ सालदेखी विद्यालयले विभिन्न तहमा जिल्ला प्रथमको नतिजा ल्याइरहेको भन्दै यो गुणस्तरलाई अझ वृद्धि गर्दै लैजाने बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न समग्र जिल्लावासीकै साथ र सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख सेनानी शमशेर दलगण गोरुसिङ्गेका गणपति वीरध्वज अधिकारी, सशस्त्र प्रहरी बल हेडक्वाटर २८ का प्रहरी उपरीक्षक नेत्र केसी, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका प्रमुख हिरण्य कुँवर, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार सिंह, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जि.सी., विद्यालयका सल्लाहकार तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नवराज घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *