कपिलवस्तुको बुद्धभूमिमा रास्वपाको प्रशिक्षण कार्यक्रम सम्पन्न 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सङ्गठन बिस्तारको कार्य तीब्र रुपमा भैरहँदा  पार्टीलाई अझ शसक्त र बलियो बनाउन जनमानसमा रास्वपाको धारणा व्यक्त गर्दै  जनतालाई सचेत गराउन ,वर्तमान अवस्था , भावी योजना , क्षमता विकास र पार्टीका विधि विधान,  पार्टी संरचना बारे बुझाउन अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम गरिएको रास्वपा कपिलवस्तुका सभापति शिवकुमार सुबेदीले बताए ।

उनका अनुसार अगुवा नेता कार्यकर्तालाई  छनोट गरी १ सय जनालाई प्रशिक्षण दिइएको बताए । प्रशिक्षण कार्यक्रम केन्द्रीय प्रशिक्षण विभागले  सातै प्रदेश र सबै जिल्लामा सञ्चालन गर्न लागेको उनको भनाई छ ।

उक्त कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख  डा राजकुमार   सुवेदी र नेतृत्व तथा क्षमता विकास विभाग सदस्य जनक भुसालले प्रशिक्षण गराएका थिए ।

कपिलवस्तुका जिल्ला सभापति शिवकुमार सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा एन आर एन विभाग प्रमुख अर्जुन अधिकारी, लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय सदस्य देवराज पाठक, लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल, प्रचार प्रसार विभाग प्रमुख महेन्द्र चापागाईँ , कपिलवस्तु जिल्ला उपसभापति बिक्रम थापा, सचिव खिमानन्द भट्टराई लगायत अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो भने बाणगङ्गा नगर सभापति बुद्दिसागर बेल्बासेको सञ्चालनमा उक्त कार्यक्रम बुद्धभूमिको गोरुसिङ्गेमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *