कपिलवस्तुको बाणगंगामा एक व्यक्ति मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक व्यक्ति मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय पिपराका अनुसार बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवन निवासी ७४ वर्षिय लाल बहादुर खत्री आफ्नै घर नजिक मृत फेला परेका हुन ।

आइतवार बिहान करिब ७ः३० बजे स्थनियले खबर गरेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीका अनुसार शनिबार दिउसो ३ बजेदेखि उनी घरमा आएका थिएनन् । उनको घरमा श्रीमती, ३ छोरा मध्ये एक छोरा विदेशमा र ३ बुहारी रहेको जनाइएको छ । मृतक खत्रीका शवलाई अहिले पोस्टमाटमको लागि पिपरा अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *