कपिलवस्तु कारागारबाट भागेका एक सय ४२ कैदीबन्दी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  गत मंगलबार बिहान कपिलवस्तु कारागार तोडफोड र आगजनी गरि भागेका एक सय ४२ जना पक्राउ परेका छन् ।

कारागार आगजनी हुँदा पनि २९ कैदीबन्दी नभागेर त्यहिं बसेका थिए । नभागेका २९ र भागेपछि विभिन्न ठाउँबाट पक्राउ परेका एक सय ४२ गरि एकसय ७१ जना कैदीबन्दी कपिलवस्तु कारागारमा छन् ।

कपिलवस्तु कारगारबाट भागेका २ सय ८८ बैदीबन्दी अझ पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि खोज तलास तीव्र पारिएको र छिट्टै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

त्यस्तै मुलुकका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुमा समातिएका छन् । जेन–जीको प्रर्दशनका क्रममा भदौ २४ र २५ गते भागेकामध्ये केन्द्रीय कारागार सुन्धाराबाट भागेका ८ जना, नक्खु कारागारबाट भागेका ५, तुल्सीपुर कारगारबाट भागेका ३ र कास्की कारागार बाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

पक्राउ परेका सबैलाई सदरमुकाम तौलिहवास्थित कपिलवस्तु कारागारमा राखिएको छ । जिल्लामा सुरक्षा सतर्कता अपनाई चेकजाँच तीव्र बनाएपछि भागेकालाई पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *