एकल गायन प्रतियोगितामा कपिलवस्तु बाट सरोज परियार छनोट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित प्रथम लुम्बिनी लोकतारा २०८३ अन्तर्गत एकल गायन प्रतियोगिताको कपिलवस्तु अडिसन सम्पन्न भएको छ । अडिसन बाट सरोज परियार छनोट हुन सफल भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुका अध्यक्ष असिम कडेल क्षेत्रीले जनहित अनलाइन सगँ बताउनुभयो ।

प्रतियोगितामा सहभागी १५ प्रतिस्पर्धीलाई पछि पार्दै परियार छनोट हुन सफल भएका छन । सहभागी सबै प्रतियोगीहरूको उत्साह, सिर्जनशीलता र प्रस्तुतिलाई आयोजकले प्रशंसा गर्दै विशेष धन्यवाद व्यक्त गरेको छ ।

विश्व संगीत दिवस २०२६ को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले लोकसंगीतको संरक्षण, प्रवद्र्धन तथा नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अध्यक्ष दामोदर बस्याल उपस्थित थिए । त्यस्तै उपाध्यक्ष नारायण बी.पी. परियार, सह–सचिव तथा कार्यक्रम संयोजक उज्ज्वल गिरी, प्रवक्ता शिव खनाल, प्रदेश सदस्य शकुन्तला गैरे लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै जिल्लास्तरीय पदाधिकारी, पूर्व तथा निवर्तमान अध्यक्षहरू, शिक्षक–शिक्षिका, पत्रकार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सहयोगी, शुभेच्छुक तथा उपस्थित महानुभावहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *