अब बाणगंगाको जनता मा. बि. पिपरामा बिबिए एआई अध्ययन हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, पिपरामै बिबिए एआई अध्ययन सञ्चालन हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता मा बि बीच भएको औपचारिक सहकार्यसँगै उक्त कार्यक्रम यसै शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालनमा आउनेछ ।

 

मंगलबार लुम्बिनी विश्वविद्यालयमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्य र बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, नगर शिक्षा शाखाका प्रतिनिधि, शिक्षक तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।सम्झौता अनुसार, बिबिए एआई कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत सञ्चालन हुनेछ, भने पठन–पाठनको भौतिक पूर्वाधार जनता माध्यमिक विद्यालयमा हुने छ ।

कार्यक्रममा बोल्दै उपकुलपति बज्राचार्यले विश्वविद्यालयको उद्देश्य स्थानीय शैक्षिक संस्थासँग सहकार्य गर्दै गुणस्तरीय उच्च शिक्षा प्रवाह गर्नु रहेको बताए । उनले स्थानिय स्तरमा रहँदा रहँदै सूचना प्रविधि र व्यवस्थापन क्षेत्रको ज्ञान हासिल गर्न सकिने वातावरण निर्माण गर्नु समयको आवश्यकता भएको उल्लेख गरे ।

नगर प्रमुख अर्यालले यस सहकार्यलाई ‘बाणगंगामै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसर’ को रूपमा व्याख्या गर्दै, यसले बाणगंगाको शैक्षिक उन्नयनमा नयाँ युगको सुरुवात गर्ने बताए ।

शैक्षिक क्षेत्रका विज्ञहरूले बिबिए एआई कार्यक्रम गाउँमै सञ्चालन हुनु स्थानीय विद्यार्थीका लागि ठूलो अवसर भएको बताएका छन् । सूचना प्रविधि र व्यवस्थापनको समायोजनमा आधारित यो अध्ययन कार्यक्रमले बाणगंगाका विद्यार्थीहरूलाई देश–विदेशमा प्रतिस्पर्धी बन्ने तयारी गराउने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *