कपिलवस्तुमा फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–६ का ६१ वर्षीय अतवारी कोरी बिसनपुरबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कपिलवस्तुले २०५७ असार १७ गते कोरीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका कोरीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरेको प्रहरी […]
रोल्पामा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

रोल्पामा ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ३ बागमारामा गएराति साढे ९ बजेतिर लु।प्र ०२–००१ त ८९ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको थियो। चुनबाङ भित्री सडक खण्ड अन्तर्गत […]
आज ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ। साताको पहिलो दिन ९आइतबार० सुनको मूल्य बढेको छ । शुक्रबार सम्म प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँले बढेको हो । आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै चाँदीको मूल्य भने केहि घटेको छ […]
कपिलवस्तु मै पहिलो पटक म्युजिक कक्षा संचालनमा

जनहित अनलाईन,कपिलवस्तु । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा कपिलवस्तु म्युजिक एकेडेमी संचालनमा आएको छ । यही वैशाख पहिलो साताबाट कपिलवस्तु जिल्लामै पहिलो पटक गायनतर्फको एकेडेमी संचालनमा आएको हो । गायनमा रुचि भएकाहरुलाई मध्येनजर गर्दै एकेडेमी संचालनमा ल्याएको संचालक महेन्द्र बेल्वासेले जनहित अनलाईसंग बताए । उनले गायनमा भविष्य खोज्नेहरुका लागि यस एकेडेमीले आधार […]
आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं । मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ(प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत पत्रकार तथा पत्रकारितासंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी […]
नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको चार नम्बर जितपुरमा सम्पन्न जिल्ला स्तरिय ‘प्रथम पुरुष डबल्स खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ २०८२ भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुद्धारा बुद्ध रंगशालाको कबर्ड हलमा आयोजित सम्पन्न प्रतियोगितामा विभिन्न विधाका पुरस्कार सहित जिल्लाका सहभागी सम्पुर्ण खेलाडीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको संघका जिल्ला अध्यक्ष कमल क्षेत्रीले […]
रामदतिवन धामका पिठाधिस कृष्ण शरण दासद्वारा बालगृहलाई सहयोग

जनहित अनलाइन, कपिलवस्तु । रामदतिवन धामका पिठाधिस कृष्ण शरण दास महाराजले कपिलवस्तु बालगृहलाई नगद सहित अन्य सहयोग प्रदान गर्नुभएको छ । शुक्रबार दासले नगद पाँच हजार पाँच सय पचपन्न सहित खाद्यन्न र कपडा सहयोग गर्नुभएको हो । बालगृहका बालबालिकाको दैनिक जीवन र शिक्षा, स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको पिठाधिस दासले बताउनुभयो । आफूले […]
नेपाली छात्राको रहस्यमय मृत्यु, प्रहरीआउनु अघि नै कलेज प्रशासनले उठायो शव

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा वीरगञ्जकी बी(टेक प्रथम वर्षकी छात्रा प्रिशा साहको शव रहस्यमय अवस्थामा भेटिएको छ। प्रहरी घटनास्थल पुग्नुअघि नै कलेज प्रशासनले उनको शव उठाएर अन्यत्र लगेको पाइएपछि घटना थप रहस्यमय बनेको छ। ओडिशाटीभी अनलाइनका अनुसार कलेज प्रशासनले छात्रा साहको शव होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा भेटिएको […]
आज एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस स् विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, […]
विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, कपिलवस्तुको आयोजनामा तथा विजयनगर गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकले विभिन्न समस्या र गुनासोहरु राखेका थिए । गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा सेवाग्राहीहरुले सेवा प्रवाहमा ढिलाइ, विकास निर्माणका कार्यमा भएको सुस्तता, स्वास्थ्य, कृषि, शिक्षा […]