जनहित अनलाईन,कपिलवस्तु । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा कपिलवस्तु म्युजिक एकेडेमी संचालनमा आएको छ । यही वैशाख पहिलो साताबाट कपिलवस्तु जिल्लामै पहिलो पटक गायनतर्फको एकेडेमी संचालनमा आएको हो ।
गायनमा रुचि भएकाहरुलाई मध्येनजर गर्दै एकेडेमी संचालनमा ल्याएको संचालक महेन्द्र बेल्वासेले जनहित अनलाईसंग बताए । उनले गायनमा भविष्य खोज्नेहरुका लागि यस एकेडेमीले आधार प्रदान गर्ने बताए ।
उनले म्युजिकको बेसिक देखि एडभान्ससम्मका कक्षाहरु हुने जानकारी दिए । साथै नृत्य,हार्मोनियम, गितार, तबला, मादलका कक्षाहरु समेत हुने उनले बताए । आर्थिक अवस्था कम्जोर भएका विद्यार्थिहरुलाई निशुल्क कक्षाको व्यवस्था रहेको जानकारी दिँदै कुनै पनि उमेर समूहका व्यक्तिहरुले म्युजिक क्लास लिन सक्ने उनको भनाई छ ।
उनले हाल धमाधम भर्ना प्रक्रिया चलिरहेको बताउँदै ईच्छुक व्यक्तिले सम्पर्क गर्न सक्ने बताए ।


