चोरमारा खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। गएराति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट […]
कपिलवस्तुका सञ्चारीका समुहद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

कपिलवस्तु । २५६९ औं बुद्ध जयन्तीको अवसरमा सञ्चारीका समुह कपिलवस्तुले बिरामीहरुलाई फलफुल बितरण गरेको छ । सोमबार बाणगंगा १ मा अवस्थित कपिलवस्तु सामुदायिक डायलासिस सेन्टरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष सरिता थारुले बिरामी प्रति समर्पित सेवामा संलग्न हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले महिला पत्रकारहरू […]
श्रृङ्गीघाट सामुदायिक वनको अर्को उदाहरणीय कार्य, उपभोक्ता देखि नगरवासीसम्म हर्षित

जनहित अनलाईन, बाणगंगा । बाणगंगा नगरपालिकाको वडा नं . १, ३, ४ र ५ मा अवस्थित यस श्रृङ्गीघाट सामुदायिक वनले पछिल्ला बर्षमा विभिन्न उदाहरणीय काम गर्दै आएको छ । सोमबार २५६९ औं बुद्धजयन्तीको अवसर पार्दै चारनम्बर−तौलिहवा सडकखण्ड अन्तर्गत बाणगंगा नगरपालिका–४ गजेहडामा निर्माण गरिएका गौतम बुद्धको मुर्ति अनावरण र फायर हाईड्रेन्ट उद्घाटन गरिएको छ । उक्त […]
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने,“सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ […]
पौडेलको अध्यक्षतामा सुबर्णखाल – कपिलवस्तु सम्पर्क समाज गठन

सागर बेल्बासे,बैशाख २८ कपिलवस्तु । अर्घाखाँची जिल्लाको साबिक सुवर्णखाल गा बि स मा पर्ने मन्द्रे,हल्दे,मलारानी,जाडिखर्क,बाउन्ने,घर्तिसारा,शब्दु,मैनेरी,उपल्लिखन्न लगायत का गाउँहरु भित्र बाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थान मा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ नयाँ र पुराना पुस्ताको परिचय संगै आफू वा आफ्नो पुर्वज को उदगम स्थल र हालको बसाइ बिचको मित्रतालाइ प्रगाढता बढाउदै समाज रुपान्तरणमा […]
बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, केके भए निर्णय ?

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । चार नम्बर जितपुर स्थित नगरपालिकाको सभाहलमा कार्यपालिका बैठक सम्पन्न भएको हो । बैठकले आर्थिक बर्ष २०८२/८३ का लागी निति तथा कार्यक्रम निमार्णका लागी नगर प्रमुख चक्रपाणी अर्याल संयोजक रहने गरी समिति गठन गरिएको छ । जसमा नगर उप प्रमुख रिता कुमारी चौधरी , […]
विश्व हात स्वच्छता दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व हात स्वच्छता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हात सफा राख्न मानिसहरूलाई सचेत गराउन हरेक वर्ष ‘मे’ ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ । सन् २००९ मा शुरू भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानलाई हरेक वर्ष ‘मे’ ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ । यो दिवसको […]
९५ लाख रूपैयाँसहित चार जना पक्राउ

काठमाडौं । बाट प्रहरीले ९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका(३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष […]
कालिकापथको हाईटेन्सन पोलको वालभित्र भेटियो एक युवाको शव र मोटरसाइकल

बुटवल । बुटवलको ठमेल उपनाम पाएको कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र मोटरसाईकलसहित एक युवाको शव भेटिएको छ । कालिका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अगाडि रहेको हाईटेन्सन विद्युत पोलभित्र एक जना युवाको शवसहित एनएस २०० मोटरसाईकल भेटिएको हो । करिब २० वर्षीय युवाको अर्धनग्न अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिए । प्रहरीले घटनाको […]
परीक्षा फारम भरिदिने भन्दै अनेरास्ववियुका एक नेताले पैसा झ्वामपार्ने गरेको खुलासा

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो । कुँवर बुटवल बहुमुखी क्याम्पसका निर्वतमान स्ववीयु सदस्य […]