कक्षा १२ मा ३.९६ जिपिए ल्याउने राजेश पौडेललाई क्यानन माविको सम्मान

बुटवल। बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ। विज्ञान संकायबाट ३।९६ जिपिए ल्याएर नेपालमै प्रथम भएको दाबी गरिएको पौडेललाई विद्यालयले नगद १५ हजारसहित सम्मान गरेको हो। विद्यालयका अध्यक्ष थानेश्वर पौडेल र प्राचार्य शंकर भण्डारीले संयुक्त रूपमा चेक तथा खादा ओढाएर विद्यार्थी राजेशलाई सम्मान गरे। […]
नारायणी नदीकिनारमा वृद्ध महिला मृत भेटिइन्

नारायणी नदीकिनारमा आज एकजना महिलाको शव फेला परेको छ। नवलपुरको गैँडाकोट नगरपालिका– २, स्थित नारायणी रिसोर्टअगाडि नारायणी नदीकिनारमा एकजना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०–६५ वर्षीया वृद्ध महिला घोप्टो अवस्थामा मृत फेला परेकी छिन्। स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहिले घटनाको […]
गुल्मीमा डहरेखोलाको पानीको बहाव बढेपछि सडक अवरुद्ध

गुल्मी । पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको सत्यवती गाउँपालिका(६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६स्३० बजेदेखि रुद्रवेणी(वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डिएसपी ० गंगाबहादुर सारुले बताए । उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि।क।को कमाण्डमा दुई जनाको […]
कांग्रेस एमालेसहित ४ दलको गठबन्धनसँग एक्लै भिडेको रास्वपा निकट दोब्बर मत अन्तरले विजयी

काठमाडौं। चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा निर्वाचित भएका छन्। पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस(एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्। रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको […]
बर्दघाट नगरपालिकाद्वारा विद्यार्थी दुर्घटना राहत कोष स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ‘विद्यार्थी राहत कोष’ स्थापना गरेको छ। आर्थिक वर्ष २०८२र८३ को नगर बजेटमा समावेश गरी रु १० लाखको कोष व्यवस्थापन गरिएको हो। विद्यालयको समय अवधिमा कुनै विद्यार्थीलाई दुर्घटनामा चोटपटक लागेमा सम्बन्धित विद्यालयको सिफारिसका आधारमा अधिकतम रु १ लाखसम्मको उपचार खर्च उपलब्ध गराइने नगरप्रमुख शम्भुलाल […]
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो । विशेषले नै उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको […]
२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

काठमाण्डौ । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो । […]
भारतको उत्तरकाशीमा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौ । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा अस्ति दिउँसो आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । १ सय भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना भारतीय सेनाका जवानहरू रहेका छन् । उद्धार र राहतको काम निरन्तर चलिरहेको खबरमा उल्लेख छ । स्थानीय बासिन्दा र […]
स्वास्थ्य सेवाग्राहीको सुविधाका लागि वन तथा खानेपानी संस्थाबाट सामाग्री सहयोग

सागर बेल्बासे साउन २१ कपिलवस्तु । श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समिति तथा गजेडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिद्वारा बाणगंगा नगरपालिका वडा नम्बर १ मा रहेको उत्तम नगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सुविधाको लागि शुद्ध खानेपानीका लागि पानी फिल्टर,इएनटी सर्जिकल सामग्री सेट,विभिन्न खोप केन्द्रका सेवाग्राहीको सुबिधाका लागि स्टेन पंखा लगायतका सामाग्रीहरु शृङ्गीघाट […]
सिद्धार्थ क्याम्पसले “मेरो क्याम्पस, मेरो कथा” भिडियो डायरी प्रतियोगिता गर्दै

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको सिद्धार्थ क्याम्पस बुङ्चिीले “मेरो क्याम्पस, मेरो कथा” – भ्लग (भिडियो डायरी) प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा र अनुभव प्रस्तुत गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको आज क्याम्पस प्रसासनले एक सुचना मार्फत जनाएको छ । हेर्नुहोस् सुचना