रुपन्देहीमा कार दुर्घटना हुँदा तीनको मृत्यु, चार गम्भीर घाइते

भैरहवा । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइन स्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख। ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा […]
दाउन्ने खण्डखण्ड एकतर्फी सञ्चालन

काठमान्डौ । आज बिहानदेखि परेको लगातार वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भागमा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार, निरन्तरको वर्षाका कारण सडक चिप्लो बनेपछि ठूला मालवाहक सवारीसाधनलाई रोकिएको छ भने यात्रुबाहक बस र साना गाडीलाई मात्र सञ्चालन गर्न दिइएको छ । उनका […]
शिवराजको बनकसमा बस दुर्घटना हुँदा एक पैतल यात्रीको मृत्यु

कपिलवस्तुको । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ८५०६ नं।को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा […]
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन्। अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन्। हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ। विमानस्थलका […]
विप्लवले दल दर्ता गर्दै, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल मंगलबार १२ः४५ बजे आयोग जाने भएका छन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए । […]
बाणगंगाका बजार आजदेखि मंगलबार बन्द हुने

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र आज मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । दशै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको बजार क्षेत्र अब चाडपर्व सकिए सङ्गै मंगलबार पुनः बन्द गर्न लागिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनुभाये । आज मंगलबार पनि […]
कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौँ । स्थानीय प्रशासनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न भनेको छ। यो सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो। जोमसोम मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन […]
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही […]
आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिवारदेखि शुरू भएको हो । कात्तिक शुक्ल चतुर्थीका […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले थाल्यो पुनः उडान

बुटवल । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि पुनः उडान सुरु गरेको छ । पछिल्लो समय भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा थाई एयर एसिया मात्र हो । थाइल्यान्डको बैंककबाट १७ जना यात्रु लिएर भैरहवा आएको विमान भैरहवाबाट १ सय ६२ यात्रु लिएर बैंकक फर्किने तयारीमा छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाले […]