मंसिर ११ देखि भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव हुँदै

कपिलवस्तु । बाणगंगा नगरपालिका–८, कपिलवस्तुस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले आयोजना गर्न लागेको “भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” का तयारी कार्य अन्तिम चरणमा पुगेका छन् । मंसिर ११ गतेदेखि १७ गतेसम्म सात दिन चल्ने उक्त महोत्सवको तयारीलाई तीव्रता दिइएको केन्द्रले जनाएको छ । तयारी बैठकले महोत्सवका सम्पूर्ण पक्षलाई व्यवस्थित गर्न ३५ वटा विषयगत उपसमिति गठन […]

विजयनगरमा २ करोड ३० लाखको लागतमा पत्थरदेइया स्वास्थ्य चौकी निमार्ण हुने

 कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ पत्थरदेइयामा अवस्थित पत्थरदेइया स्वास्थ्य चाैेकीकाे भवन बन्ने भएको छ । भारतीय दूतावासकाे सहयोग र विजयनगर गाउँपालिकाको साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माणका हुन लागेकाे हाे । २ करोड ३० लाख रुपैयाँकाे लागतमा स्वास्थ्य चाैकी निर्माण हुन लागेकाे गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले जानकारी दिए । उनलेे साेमबार सम्झौता-पत्रमा हस्ताक्षर गरिएको बताउँदै गाउँपालिकाकाे […]

कपिलवस्तुको पकडी बाट बेपत्ता बालिका मृत फेला

कपिलवस्तु ।कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडी स्थित घरबाट बेपत्ता भएकी बालिकाको शव  सोमवार बिहान मर्थी खोलमा फेला परेको छ। आफ्नो ५ वर्षीय दाइँसँग घरबाट खेल्न बाहिर निस्किएकी अमित कुमार ओझाको २ बर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन। बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेवी गाउँपालिका १ […]

कपिलवस्तुको बाणगंगामा एमालेले २९ गते शक्ति प्रर्दशन गर्दै

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुले आगामी कात्तिक २९ गते बाणगंगामा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै एमाले जिल्ला सचिव सिवि गहतराजले जनपरिचालनलाई प्राथमिकता दिँदै जिल्लाभर सशक्त कार्यक्रम अघि बढाउने बताउनु भयो। जेनजी आन्दोलन पश्चात पहिलोपटक बसेको यस बैठकले ११ औं राष्ट्रिय महाधिवेशनका […]

लुम्बिनीमा तीन महानगर बनाउने योजना ७ वर्षदेखि अलपत्र

काठमाडौँ । लुम्बिनी प्रदेशमा तीन महानगरपालिका बनाउने प्रदेश सरकारकै योजना ७ वर्षदेखि अलपत्र परेको छ । आव २०७५/०७६ को नीति तथा कार्यक्रममा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देही, दाङ र बाँकेमा महानगरपालिका घोषणा गर्ने नीति अघि सारेका थिए । तर सरकारले नै आफ्नै घोषणालाई प्राथमिकता नदिएपछि सात वर्षदेखि योजना अलपत्र परेको हो । लुम्बिनीमा अहिले चार […]

बाणगंगामा विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी छलफल

कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बाणगंगा नगरपालिकामा आज आइतबार आयोजित “विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी छलफल तथा परामर्श कार्यक्रम”मा बोल्दै नगरप्रमुख अर्यालले यी विषयहरू स्थानीय सरकारको प्राथमिक कार्यसूचीभित्र पर्ने बताएका हुन् । उहाँका अनुसार स्थानीय सरकार […]

मायादेवी साझेदारी वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार बाणगंगा ४ ठाकुरापुर स्थित पञ्जाबी तड्का रेष्टुरेन्टमा र्काक्रम सम्पन्न भएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले मायादेवी साझेदारी वनले वन संरक्षण, उपभोक्ताको आयआर्जन वृद्धि र हरित अर्थतन्त्रलाई सुदृढ बनाउन गरेको प्रयाश […]

दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ । दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको […]

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु  । कपिलवस्तुको दक्षिणी सीमा क्षेत्र मर्यादपुरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरू, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमका संयोजक ध्यानेन्द्र मणि त्रिपाठीका अनुसार कुल ३५ पिन्ट रगत सङ्कलन गरिएको थियो। उहाँले यस कार्यक्रमले ग्रामीण तथा सीमावर्ती […]

बुद्धभूमिमा निःशुल्क आखाँ शिबिर : ९ सय २३ जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ चौरीमा भएको निःशुल्क आँखा शिबिरमा ९ सय २३ को आँखा जाँच गरी १ सय ५ जनाको मोतियाबिन्दु अप्रशेन गरिएको छ । बुद्धभुमी नगरपालिकाको आयोजना तथा छन्दकाले आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोमगा २ दिने शिबिर गरिएको वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । शिबिरमा ९ सय २३ जनाको […]