नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

काठमाण्डौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको लागि असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ बजेर ४२ मिनेट, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १० बजेर १ […]
कपिलवस्तुको शिवराजमा राष्ट्रिय गानबाट सेवाको शुभारम्भ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले राष्ट्रिय गानबाट सेवाको शुभारम्भ गर्ने परिपाटी बनाएको छ । कार्यालय शुभारम्भ हुने बिहान १० बजे सामूहिक राष्ट्रिय गान गाए पछि कार्यालयको सेवा शुभारम्भ गर्ने गरी आईतावार देखि त्यसको सुरुवात गरिएको हो । यस्तो सुरुवात गर्ने शिवराज नगरपालिकाका जिल्ला कै १० पालिका मध्ये पहिलो हो । कर्मचारीहरूलाई पोसाक,परिचय पत्र सहित कार्यालय […]
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब […]
‘सिधा कुरा डटकम’का पत्रकार ढुङ्गाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला

काठमाण्डाै । सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले […]
आजदेखि मौसममा क्रमिक सुधार आउने

काठमाण्डौ । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी […]
श्रीलंकाका पूर्व राष्ट्रपति गोतावायाद्वारा तिलौराकोटको अवलोकन

कपिलवस्तु । श्रीलंकाका पूर्व राष्ट्रपति गोतावाया राजपाक्षेले शनिबार कपिलवस्तुस्थित शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको स्थल तिलौराकोट अवलोकन गरेका छन् । अबिरल वर्षा भईरहेपनि उनी छाता ओढेर तिलौराकोटको पश्चिमी र तथा पूर्वी गेट तथा सेन्ट्रल वाल कम्पलेक्सका भग्नावषेश अवलोकन गरेका थिए । त्यस्तै अर्को बुद्धस्थल निग्रोधाराम र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा पनि अबलोकन […]
बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३४ सहित कम्तीमा ६५ जनाको ज्यान गयो, ४३ जना बेपत्ता

काठमाण्डौ । मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार काठमाण्डौ उपत्यकामा ३४ जना सहित देशभरमा कम्तीमा ६५ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार काठमाण्डौमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जना गरी ३४ जनाको ज्यान गएको हो । यस्तै तीनवटा जिल्लामा […]
प्रेस सेन्टर कपिलवस्तुको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की निर्विरोध

जनहित अनलाइन, कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मानिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्को उपाध्यक्षमा माधव बेल्बासे, भगवती न्यौपाने, सचिवमा पिताम्बर घिमिरे हरी, सहसचिवमा सूर्य गुरूङ्ग, सहसचिवमा अजय शाहनी, कोषाध्यक्षमा सहबाज खान लगायत अन्य सदस्यमा […]
चोरी निकासी रोक्न रुपन्देहीका उद्योग–व्यवसायीहरुको माग

बुटवल । सीमा क्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलीलाई रोक्न रुपन्देहीका उद्योग–व्यवसायीले माग गरेका छन् । कमजोर भन्सार नियमन र खुला सीमाबाट हुने चोरी निकासी कारोबारले राजस्व सङ्कलन तथा व्यावसायिक कारोबारमा असर गरेको भन्दै भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई उनीहरूले बिहीबार ध्यानाकर्षण गराएका हुन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, […]
लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रति स्थानीय ९ दलको निन्दा

बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरूबाट भएको हातपात र अभद्र व्यवहारको विभिन्न ९ राजनीतिक दलहरूले निन्दा गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्रियाशील दलहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभाका सदस्यहरू सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौच गर्नुका साथै लछारपछार गर्दै कुटपिट […]