कपिलवस्तुमा आज देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरु हुने

जनहित अनलाइन कपिलवस्तु ।  खेलकुद महासंघ जिल्ला कमिट कपिलवस्तुको आयोजनामा आज  देखि जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ हुने भएको छ । आज घटस्थापनाको अवसर पारि ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको यस संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने […]

लायन्स क्लब अफ कपिलवस्तुले नविनतम खेल आयोजना गर्दै : यो खेल पनि पानी माथि खेलाइने

जनहित अनलाइन, कपिलवस्तु  । कपिलवस्तुमा यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लायन्स क्लब अफ कपिलवस्तुले नयाँ साहसिक खेल “पाउन्ड क्रस विथ रोप” प्रतियोगिता आयोजना गर्न लागेको छ। क्लबले यसअघि साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता गर्दै आएको भए पनि यसपटक असोज २३ गते फुलपातिको दिन पोखरीमाथि हुने खेल गराउने तयारी गरेको हो । खेल […]

शिवराजमा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षा छात्रवृत्ति घोषणा

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा आर्थिक रुपमा अति विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहायता प्रदान गर्ने ‘मेयर, उप-मेयर उच्च शिक्षा सहयोग छात्रवृत्ति’ कार्यक्रम घोषणा गरिएको छ। यो कार्यक्रम नगरको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिएको छ र बजेट समेत विनियोजन भइसकेको छ। नगर प्रमुख अजय थापाले जानकारी गराएअनुसार, कार्यविधि पास भइसकेको र […]

बाणगंगा कार्यपालिका बैठकः विभिन्न ५ कार्यविधि पारित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक मंगलबार सम्पन्न भएको छ । उक्त बैठक मंगलबार विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । बैठकले विभिन्न कार्यविधिहरु पारित गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार बैठकले हात स्वच्छता सम्बन्धि कार्यविधि २०८१, उत्कृष्ट कृषकलाई सम्मान पुरस्कार कार्यान्वयन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१, […]

बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौँ। हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान […]

बाढीपहिरोबाट लुम्बिनीमा एक करोड ४३ लाख बराबरको क्षति

देउखुरी । लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपियाँ बराबरको क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटनामा एक करोड ४३ लाख बराबरको क्षति भएको छ । असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना भएका […]

केही ठाउँमा आज र भोलि पानी पर्ने भए पनि आत्तिनु नपर्ने मौसमविदको भनाइ

काठमाण्डौ । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि पानी हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना […]

मधेस प्रदेशमा बाढीका कारण ६ जनको मृत्यु, दुईजना बेपत्ता

जनकपुरधाम । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् । बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक […]

रुपन्देहीको घाघरा खोलामा खसेको जिपका चालक र सहचालकको शव फेला

तिलोत्तमा । रुपन्देहीमा शनिबार घाघरा खोलामा खसेको दूध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ । शनिबार बिहानै मर्चवारदेखि दूध संकलन गर्दै अन्यत्र संकलनका लागि हिँडेको भे १ च २६७६ नम्बरको जिप खोलामा खसेर हराएपछि उनीहरु बेपत्ता थिए । हराएको जिप आइतबार साँझ ६ बजे सिद्धार्थनगर नगरपालिका(१० र मायादेवी गाउँपालिका-२ मा पर्ने घाघरा […]

नवलपरासीमा ६ सय बोरा चिनीसहित दुई जना पक्राउ

परासी । पश्चिमनवलपरासीमा भन्सार छलेर ल्याएको गरेको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।बर्दघाट नगरपालिका ,२ चिसापानीमा भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक खानतलासी गर्दा अवैध सामान बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेका अनुसार बरामद भएको […]