सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुली ।  काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी-५ द्धारेखोलामा सोमबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेश ०१–००६ ख ६७८५ नं रोयल भोजपुर यात्रुवाहक बसमा ४० भन्दा बढी यात्रुहरू रहेका थिए । घाइतेहरूको मरिण गाउँपालिकाको […]

निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने, भाडा ७ हजार रुपैयाँ

काठमाण्डाै । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ । सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा […]

लुम्बिनी सहितका ५ प्रदेशमा मनसुनी वायुको प्रभाव

काठमाडौँ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक […]

बडादशैँको पाँचौँ दिन, आज पनि कुष्माण्डा देवीकै आराधना

काठमाडौं । बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी तिथि। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदय हुँदा रहेको तिथिको आधारमा सोमबार चतुर्थीकै कर्म गर्न लागिएको हो। यद्यपि आइतबार पूरै अर्थात् ६० घडी नै चतुर्थी […]

सिस्नेरी पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

काठमाण्डौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख रुपैयाँ दिने भएको छ । एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ जना खेलाडीको पुरिएर ज्यान गएको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा हिजो बसेको आपतकालीन […]

पाँच दिनमा तीन लाख ६३ हजारले छोडे काठमाडौं उपत्यका

पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन्।       उनीहरू दसैं मनाउन गाउँ फर्केका हुन्। गत साताको वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाइएको थियो। बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले उपत्यका छाड्ने मानिसहरूको संख्या […]

वडादसैँ अन्तर्गत आज सप्तमी पर्व। आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ।

कपिलवस्तु। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको […]

खाद्य कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री शुरु गर्यो किलोमा १० रुपैयाँ छुट

जनहित अनलाइन, कपिलवस्तु । दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री गर्न शुरू गरेको छ । विगत वर्षहरुमा खाद्यले घटस्थापनादेखि नै बिक्री शुरु गर्ने गरेकोमा यसवर्ष वर्षा,बाढी र पहिरोका कारण केही दिन ढिला गरी बिक्री शुरू भएको हो । खाद्य कम्पनीको थापाथली प्रादेशिक कार्यालयका प्रमुख ज्ञानु थापाका अनुसार थापाथलीबाट आज […]

नवयुग शिक्षक पेशागत सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले केही सहकारीका कारण सम्पुर्ण सहकारीकै बदनाम भैरहएको भन्दै समयमै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार कपिलवस्तुमा रहेको नवयुग शिक्षक पेशागत सहकारीको चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै आफ्नो विश्वसनीयता बढाउने गरि कार्य सञ्चालन गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो । इमानदार भएर […]