३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका […]
नेपालबाट बाहिरियो मनसुन

काठमाडौँ । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन पूर्णरूपमा बहिर्गमन भएको हो । एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट मनसुन बाहिरिएकाे बताएसँगै देशबाटै मनसुन बाहिरिएको हो । यसअघि असोज […]
आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

जनहित अनलाइन, कपिलवस्तु । आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, […]
ब्राईट लुम्बिनीले गर्यो ई.पि.एस. कोरियन भाषा परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान

जनहित अनलाइन , कपिलवस्तु । शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) ले ई.पि.एस. कोरियन भाषा परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई बुधबार विदाई तथा सम्मान गरेको हो । विगतका जस्तै यस पटक पनि यस शैक्षिक प्रतिष्ठानले ई.पि.एस. टपिक परिक्षामा करिव शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका […]
रास्वपा कपिलवस्तुमा नयाँ कार्यसमिति चयन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार जिल्लाको सदरमुकाम तौलिहवामा भएको प्रथम जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । जसको संयोजकमा शिव कुमार सुवेदीलाई दोहोराइएको छ । कार्यसमितिको उपसंयोजकमा विक्रम थापा, सचिवमा खिमानन्द भट्टराई, सहसचिवमा अवु हरेस अन्सारी, कोषाध्यक्षमा गिता शर्मा, सदस्यहरुमा कृति मल्ल, भगवत […]
दशैँ मनाउन ९ दिनमा ५ लाख बढीले काठमाडौँ छाडे

काठमाडौँ । दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन गाउँ गएका छन्। घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए। उनका अनुसार २४ घण्टाको […]
दसैँलक्षित सुरक्षा योजना : लुम्बिनीमा ७ हजार ६ सय प्रहरी परिचालन

दाङ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेश प्रहरीले १२ जिल्लामा चाडपर्व सुरक्षा योजना लागु गरेको छ। प्रहरीले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनदेखि सीमावर्ती जिल्लाहरुमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानीसम्मका सुरक्षा योजना लागु गरेको छ । लुम्बिनी प्रहरी कार्यालय प्रमुख डीआईजी कुवेर कडायतले प्रदेशका १२ जिल्लामा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न ७ […]
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुः कार्कीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन

चेतन विष्ट, कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको सभापतिमा शिव कुमार कार्की चयन हुनुभएको छ । शोमबार चारनम्बरमा भएको छैठौं साधारण सभाले कार्कीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उप–सभापति मदन ढुंगाना, सचिवमा बिष्णु पन्त, सह–सचिवमा भुवनेश्वर न्यौपाने, कोषाध्यक्षमा सीता मल्ल र सदस्यहरुमा राम प्रसाद भुसाल, उदयराज […]
लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुङ्ग्याउन सुझाव सङ्कलन सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुङ्ग्याउन सुझाव सङ्कलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरूसँग गुरुयोजनाको बारेमा छलफल अघि बढाएको हो । बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्यहरू सँग छलफल सकेको मन्त्रालय रुकुम पूर्व, रोल्पा, प्युठान र दाङका प्रदेश सभा सदस्यहरू सँग छलफल गरेको छ । […]
कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्वको सिजन सुरु भएसँगै कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल प्रहरीसहितको टोलीले कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा संयुक्त रूपमा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले किराना पसल, खाद्य उद्योग, थोक व्यापार […]