पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु
परासी । पश्चिम नवलपरासीको सुक्रौलीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको हो । रामग्राम नगरपालिका, १५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक […]
सुपा देउरालीमा नयाँ प्रविधिबाट सडक विस्तार

अर्घाखाँची। देशकै महत्त्वपूर्ण शक्ति पीठका रूपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्नेछन् । गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ […]
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

काठमाडाैं । चलचित्र निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई मात्रै सिनेमा हलहरूले प्राथमिकतामा राखेको भन्दै आफू हलको विकल्प खोज्ने चेतावनी दिएका छन्। दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा हुदै पनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। बस्नेतले निर्माण गरेको चलचित्र बेहुली फ्रम मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ […]
अख्तियारको नेपालगन्ज कार्यालयमा दुई महिनामा भ्रष्टाचारका १२२ उजुरी

नेपालगन्ज। नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा दुई महिनाको अवधिमै १२२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्म १२२ वटा उजुरी दर्ता भएको सो कार्यालयका सूचना अधिकारी झलक केसीले जानकारी दिनुभयो। उहाँले सो कार्यालयमा चालु आर्थिक वर्षको साउनमा ७१ वटा र […]
पाल्पामा दुई सातासम्म पनि पहिरो पन्छाइएन, भित्तो समाउँदै हिँड्नुपर्ने बाध्यता

पाल्पा । पाल्पाको एउटा गाउँमा पहिरो गएको दुई साता बित्दासम्म पहिरो नपन्छाइँदा चार वडाका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् । सो बाटो भएर यात्रा गर्ने दशैंका यात्रुहरुले पनि सास्ती खेपे । असोज १२ गतेको अविरल वर्षासँगै बगनासकाली गाउँपालिका वडा नं. ५ को दर्लमडाडाँमा खसेको पहिरो अहिलेसम्म पनि नपन्छाइँदा आउ–जाउ ठप्प भएको हो । पहिरोका कारण […]
चितवनमा भाउजूको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ
चितवन । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना […]
विजयनगर बाट काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टर सहित एकजना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिनुभयो ।। चोरी तथा निकासी भइरहेको सूचनाका […]
झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो
काठमाण्डौ । झापामा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको […]
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै
काठमाण्डौ । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र […]
दशैंको टिका थाप्न वडाध्यक्ष रेस्मी वृद्धवृद्धाको घरमा पुग्दा सबै हर्षित

बाणगङ्गा । समय जनप्रतिनिधि आफ्ना मतदाताको घर आँगमनमा नपुगेको गुनासो चौतर्फी रुपमा सुन्ने गरिएको छ । चुनावमा मात्र भोट माग्न आउँने र चुनाव जितेपछि गुमनाम जस्तै हुने भन्दै जनप्रतिनिधिको आलोचना हुने गर्छ । तर बाणगंगा नगरपालिका वडा नं.४ को सन्दर्भमा भन्ने अलि फरक छ । यहाँका वडाअध्यक्ष नै पटकपटक मतदाताको घर आँगनमा देखिन्छन् । सोही […]