शीतगंगामा प्लास्टिकका माला बेच्न प्रतिबन्ध

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन […]

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा […]

बुर्तिबाङ कोजाग्रत पूर्णिमा मेला : पुरुष भलिबलको उपाधि बोङखानीलाई

बुर्तिबाङ । बुर्तिबाङ राइजिङ यूवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप बुधबार समापन भएको छ । आयोजित कार्यक्रम अन्र्तत ठुलो धन राशीको पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी तमानखोला गाउँपालिका बोङखानीले हात पार्न सफल भएको छ ।   बेस्ट अफ फाईभमा भएको फाइन खेल सुनचाँनी व्यवसायी संघ बुर्तिबाङ ३ : १ सेटले […]

व्यक्तिगत निम्तो मान्न सरकारी गाडी प्रयोग नगरौँ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन्। सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए। ‘सुशासन कायम […]

नेपालमा पाइने २१ जातका माछा लोप हुने अवस्थामा

चितवन । नेपालमा २१ जातका माछा लोप हुने अवस्थामा रहेका छन्। केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र काठमाडौँका अनुसार चिसो ठाउँमा पाइने २१ जतका माछाहरु लोप हुने अवस्थामा पुगेका हुन्। २१ जात मध्ये पनि चार वटा जातका माछा अति लोपोन्मुख अवस्थामा पुगेको केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी सहसचिव सरिता गौतमले बताइन्। उनका अनुसार अति […]

भीड जम्मा गरेर न्याय निरुपणको काम प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलहरुको आग्रह

काठमाण्डाै । सत्तारुढ दलहरुको बैठकले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलहरुको बैठकले यस्तो आग्रह गरेको हो । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा […]

राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरिएको सिके राउतको दाबी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले राज्यले गरेको ‘फ्रेमिङ’का आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गरेका छन् । हिजो सभापति लामिछाने पक्राउ परेपछि अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘२१ सिट भएको नयाँरराष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन […]

नवलपुरको कावासोतीमा जीप दुर्घटना :  दुई जनाको ज्यान गयो, २८ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडाको भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि छुटेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार […]

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको […]

दुर्गा भगवती मन्दिर बैरियामा भोलि भब्य सराय नाच हुंदै

शागर बेल्बासे कपिलवस्तु । बडा दशैंको आगमनसँगै देश विदेशमा रहेका हरेक नेपालीहरूको मनमा उमङ्ग छाउनु स्वाभाविकै हो। यसपालीको बडा दशैंको अवसरमा बैरिया युवा समाजको सक्रियतामा बाडगंगा नगरपालिका वार्ड नं १ बैरिया स्थितको श्री नवदुर्गा देवी भगवती मन्दिर दुलही जस्तै झिलीमिली सहित सिगारेर परम्परागत रूपमा चलिआएका र शास्त्रीय मान्यता अनुसार गरिने दैनिक नित्यकर्मका साथमा घटस्थापना सँगै […]