दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *