वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुटवल-नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको […]

उजुरी पर्नेमा कपिलवस्तु अग्र स्थानमा, साढे आठ महिनामा अख्तियारमा ३३० उजुरी

कपिलवस्तु । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुन मसान्तसम्म साढे आठ महिनाको अवधिमा कपिलवस्तुका १० पालिकाविरुद्ध अख्तियारमा ३३० उजुरी परेका छन्। यति धेरै उजुरी दर्ता भएको यो हालसम्मकै उच्च संख्या हो। लुम्बिनी प्रदेशका नौ जिल्लामध्ये रुपन्देहीपछि दोस्रो बढी उजुरी पर्ने जिल्ला कपिलवस्तु रहेको छ। रुपन्देहीमा कुल ४६९ उजुरी परेका छन्। कपिलवस्तुमा सबैभन्दा बढी कृष्णनगर […]

उत्तमनगर स्वास्थ्य सेवा केन्द्रमा निशुल्क क्षयरोग परिक्षण

सागर  बेलबासे ,कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ का २०० जना सेवाग्राहीले निशुल्क क्षयरोग परिक्षण सेवा पाएका छन।वडा नम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा राखिएको शिविरमा २०० जना सेवाग्राही मध्ये १९४ जनाको छातिको एक्स्रे गर्दा ६० जनाको खकार संकलन गरिएको  स्वास्थ्य सेवा केन्द्र प्रमुख ईश्वरा खरेलले जानकारी गराउनुभएको छ। […]

खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । […]

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट गुल्मीकाे मदाने गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवयुवा आन्दोलनमा भएको क्षतिलाई पुनर्निर्माण गर्ने कार्ययोजना सार्वजनिक

काठमाण्डौ ।  गएको भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनले भौतिक तथा आर्थिक क्षति पुगेकोमा सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थानका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुनर्निर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र पुनरुत्थानसम्मका विषयलाई समेटेको […]

विपद्‌मा परी २४ घण्टामा तीन जनाको मृत्यु

काठमाडौ । मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ) का कारण तीन जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३० जिल्ला प्रभावित भएकामा तीन जनाको मृत्यु भएको हो। चट्याङ लागेर एक र हावाहुरीबाट दुई जनाको मृत्यु भएको हो। कुल ४१ वटा विपद्जन्य […]

ग्यालेक्सी युथ क्लबद्वारा बाणगंगाकी एक वृद्धलाई खाद्यन्न लगायतका सामाग्री प्रदान

चेतन विष्ट, कपिलवस्तु । सामाजिक कार्य मार्फत छोटो समयमै उत्कृष्ट पहिचान बनाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले गरिब, विपन्न, असहाय, अपाङ्ग, को लागि खाद्यान्न वितरण अभियान जारी राखेको छ । खान र लगाउन धौधौ हुने परिवारको लागि खाद्यन्न लगायतका सामाग्रि वितरण गर्न थालेको हो । त्यसै अनुसार क्लबले बाणगंगा नगरपालिका– १ मा वसोवास गर्ने ६४ वर्षिय […]

आमापछि छोरीको शव पनि भेरीमै भेटियो, छोराको अवस्था अज्ञात

सुर्खेत । आइतबार दुई छोराछोरीसहित आमा बेपत्ता भएको घटनामा आमा पश्चात् छोरीको पनि शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएका थिए । जसमध्ये मायाको शव सोमबार बेलुका भेरी नदीमै फेला परेको थियो । यस्तै, छोरी आशाको शव […]

श्रीलङ्कामा इन्धन बचत गर्न हप्तामा ३ दिन बिदा

इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्काे सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ । हप्तामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ […]