रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा गर्दा भेटिए सयौँ ग्यास

बुटवल । रुपन्देहीमा व्यापारीले खाना पकाउने ग्यासको कृत्रिम अभाव सृजना गरेको भेटिएको छ । रुपन्देही जिल्लामा ग्यासको नियमित आवश्यकता अनुसार नै आयात हुने गरेको भएता पनि व्यापारिले कृत्रिम अभाव सृजना गरेको भेटिएको हो । सोमबार इलाका प्रशासन कार्यालय, बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोवहरमा गरेको अनुगमनका क्रममा व्यवसायीहरुले ग्यास लुकाएर राखेको भेटिएको हो । बुटवल […]
सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

रुपन्देही । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको […]
अनुदानमा पाएको काँक्राको बीउ नउम्रिँदा तिनाउका किसान मारमा

पाल्पा । अघिल्ला वर्ष काँक्रा बजार लैजान भ्याइनभ्याइ हुने तिनाउ गाउँपालिका–२ दोभान बोटेगाउँकी मनकुमारी राना यतिबेला तरकारी बारीमै व्यस्त छिन् । गत वर्ष फागुन तेस्रो साताबाट भक्तपुरे लोकल जातको काँक्रा बिक्री थालेकी उनी यस वर्ष चैत दोस्रो सातासम्म पनि बेच्न नपाउने चिन्तामा छिन् । पालिकाबाट अनुदानमा काँक्राको बीउ पाउने आश गर्दागर्दै एक महिना ढिलाइ भएको उनको […]
नेपालगन्जमा आठ महिनाको अवधिमा १६ औषधि पसल निलम्बन

नेपालगञ्ज । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी […]
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय

काठमाण्डौ । अर्थ मन्त्रालयले गराएको एक अध्ययनले भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ । अध्ययनअनुसार न्यून आय भएका र पिछडिएका समुदाय पनि आन्दोलनको लहरमा होमिएका थिए । डिपार्टमेन्टल स्टोर, होटल तथा औद्योगिक प्रतिष्ठानमा भएको लुटपाट र तोडफोडमा यस्तै वर्गको […]
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । पर्यटन क्षेत्रमा झण्डै रु एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन […]
वन डढेलो नियन्त्रण गर्न अर्घाखाँचीमा डढेलो नियन्त्रण दस्ता गठन

अर्घाखाँची । डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिए। डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली […]
विजयनगरका ६ सय ६९ घरधुरीलाई ‘विद्युतीय चुलो’ प्रदान

कपिलवस्तु । स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले विजयनगर गाउँपालिकामा ६ सय ६९ घरधुरीलाई विद्युतीय चुलो वितरण गरिने भएको छ । आइतबार वडा नम्बर १ का नागरिकलाई विद्युतीय चुलाेे वितरण गरिएको छ । क्रमशः सबै वडामा लाभग्राहीहरुले फारम भरेर माग गरे अनुसार विद्युतीय चुलाे वितरण गरिनेेछ । गाउँपालिकामा सञ्चालित स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत वैकल्पिक ऊर्जा, हरित […]
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका […]
पोखरामा ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना

काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन […]