आज सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार ६ कारोबार दिन घटेको सुनको भाउ आज सातौँ दिन बढेको […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

काठमाण्डौ ।  मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न भएको छ । चैती छठको चौथो एवं अन्तिम दिन आज बिहानै व्रतालु छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने परम्परा छ । यसअघि हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । नेपाल र भारतको मिथिला क्षेत्रमा […]

सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ […]

महाराजगञ्जको घटनाः जारी गरिएको निषेधाज्ञा हट्यो

कपिलवस्तु ।  जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो । जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार सोही दिन बिहान ९ बजेदेखि […]

कोलम्बियामा विमान दुर्घटना, ६६ जनाको मृत्युु

काठमाडौ । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएको छ । एयरफोर्सकाे हरक्युलस सी– १३० विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा गएर खसेकाे थियो । याे दुर्घटनामा थप ५० जनाभन्दा बढी घाइते भएका छन् भने ४ जना हराइरहेका छन् । दुर्घटनामा ५८ जना सैनिक, ६ जना वायुसेनाकर्मी र […]

नवजागृति सामुदायिक वनः पदमलाल अधिकारी अध्यक्षमा सर्वसम्मत चयन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशनबाट पदमलाल अधिकारी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ। अधिवेशनबाट उपाध्यक्षमा बेलमाया पुन, सचिवमा नरमाया पुन, सहसचिवमा शिव पाण्डे तथा कोषाध्यक्षमा लिलबहादुर राना चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा सीता थापा, रमकान्त पौडेल, कृष्णबहादुर थापा, जमुना राना, बिन्दु शर्मा र उमा पुन निर्वाचित हुनुभएको […]

कपिलवस्तुको महाराजगंज घटनामा नौ जना पक्राउ, २३ घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदा घटना सम्बन्धमा प्रहरीले शनिबार रातिसम्म नौ जनालाई नियन्त्रणमा लिएको छ। दुई समुदायबिच भएको घटनाले उग्र रूप लिएपछि प्रदर्शनकारीले ठाउँ-ठाउँमा विरोध प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी उपरीक्षक सन्तोष आचार्यले घटनामा कुल २३ जना घाइते भएको बताएका छन्। नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षकसहित […]

पाल्पामा टिप्पर दुर्घटनामा हुँदा अर्घाखाँचीका २ सहित ४ जनाको मृत्यु

पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने […]

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो । ‘विदेश मन्त्रालयले नो अब्जेक्सन लेटर जारी गरेपछि सीमा व्यापार पुनः सुरु […]

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको ‘बडी क्यामरा’ भिडियो सार्वजनिक

भर्जिनिया । अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले गत फेब्रुअरी २३ मा भर्जिनियाको मान्टुआस्थित ‘मार्गेट म्यानर अपार्टमेन्ट’ मा भएको एउटा बीभत्स हत्याकाण्डको ‘बडी क्यामरा’ भिडियो सार्वजनिक गरेको छ। उक्त घटनामा भर्खरै नेपालबाट अमेरिका आएका छत्र थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापाको छुरा प्रहार गरी हत्या गरेका थिए। आफ्नो परिवारका सदस्यहरूको ज्यान लिइरहेका छत्रलाई रोक्न […]