बाणगंगाका बजार पुनः भोलिदेखि मंगलबार बन्द हुने
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो । मंसिर ४ गते देखि मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य […]
पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । ‘पूर्वसभामुख ढुङ्गानाको […]
शुद्धोधन १ मा राप्रपाको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । नजिकिदै गरेको निर्वाचनलाई लक्षित गरि कपिलवस्तुको शुद्धोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । शनिवार एक कार्यक्रमका बिच पार्टी उपाध्यक्ष तथा पुर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानले शुद्धोधनको सोहसामा सञ्चालन सुरु गरिएको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उपाध्यक्ष प्रधानले उपनिर्वाचन […]
विजयनगर गाउँपालिकाको नयाँ योजना : ‘स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान’

कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले आफ्ना वासिन्दाहरुलाई स्वास्थ्य बिमामा सहुलियत दिने निर्णय गरेको छ। पालिकाले स्वास्थ्य बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्दै, आर्थिक रूपमा कमजोर परिवारहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन मद्दत गर्ने योजना ल्याएको हो। गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मङ्सिर महिनाबाट यो योजना कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन्। यस योजनाबाट ६,००० भन्दा बढी […]
बर्दियामा हत्याको आरोपमा एकजना पक्राउ
बर्दिया । बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा गत असोज २८ गते खोलामा हत्या गरि फेला पारेको आरोपमा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने वर्ष ४८ का हरिबहादुर बुढामगरको शव पानीमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो । प्रशरीले एक महिना लगाएर अनुसन्धानको क्रममा हत्या गरिएको आरोपमा एक जनालाई पक्राउ […]
दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
दाङ । तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुका ४० वर्षीय शम्शेर चलाउने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घर नजिकैको भजना खोलामा मंगलबार बेलुका करेन्ट लगाएर माछा मार्ने क्रममा चलाउनेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले […]
नेटुवा समुदायको उत्थानका लागि कपिलवस्तुमा वर्कशप

जनहित अनलाइन, कपिलवस्तु । अल्पसंख्यकको सुचिमा पर्न नसकेका नेटुवा समुदायको उत्थानको लागि कपिलवस्तुमा कपिलवस्तुमा वर्कशप सम्पन्न भएको छ । समाजका विभिन्न मुद्दामा सक्रिय रुपमा काम गरिरहेको फ्रीडम फाउण्डेसनले नेटुवा समुदायको उत्थानका निम्ति पनि काम सुरु गरेको हो । उक्त वर्कशपमा नेटुवा समुदायका मुद्दाहरुलाई सम्बन्धित निकायमा पुर्याउनको लागि कलात्मक तरिका बाट गर्न सकिने कामको बारेमा छलफल […]
रविलाई भैरहवा ल्याएसँगै कार्यकर्ताको प्रदर्शन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ । प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ । यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम […]
लुम्बिनी विकास कोषको बजेट ७७ करोड ५५ लाख
लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु. ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गर्नुभएको […]
बागलुङ दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत
बागलुङ दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ। सोमबार बिहान जैमिनी नगरपालिका(७ मा सदरमुकाम बागलुङ बजार जाँदै गरेको भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। ग २ च ९२४७ नम्बरको पिकअप भ्यान सडकदेखि एक सय मिटर तल खसेको […]