बर्दियामा हत्याको आरोपमा एकजना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्दिया । बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा गत असोज २८ गते खोलामा हत्या गरि फेला पारेको आरोपमा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ ।

प्रहरीले सोही ठाउँ बस्ने वर्ष ४८ का हरिबहादुर बुढामगरको शव पानीमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो । प्रशरीले एक महिना लगाएर अनुसन्धानको क्रममा हत्या गरिएको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ ।।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले सोही ठाउँका ३७ वर्षीय लक्षमण चन्दलाई अनुसन्धानको क्रममा हत्याको आरोपमा नियन्त्रणमा लिएको बताए । लुम्बनी प्रदेश प्रहरी कार्यालय भैरहवाबाट प्रहरी अधिकृत टोलीले अनुसन्धान गर्दा बुढामगरका छोरा मनोजले चन्दको नाममा किटानी जाहेरी दिएपछि पक्राउ परेको एसपी खनालले बताए । प्रहरीका अनुसार चन्दलाई जिल्ला अदालत बर्दियाले पक्राउ अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *