मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

जनहित अनलाईन,कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीमा सुरु गरेको क्लिन स्वीप अपरेशनमार्फत मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने २६ वर्षीय शिव जयससवाल, गणेश राजभर, शनि भर, सियारी ७ का शिवकुमार मल्लाह र सोही स्थानका अनिल यादव रहेका छन् । यसैगरी, पाल्पाको माथागढी गाउँपालिका घर […]
चिसोका कारण छालामा समस्या बढ्दो

जनहित अनलाईन, कपिलवस्तु । चिसोसँगै छालामा समस्या आएर अस्पताल पुग्नेहरुको सङ्ख्या बढेको छ । जाडो बढेसँगै बहिरङ्ग सेवामा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेका वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्राध्यापक डा। अनुपमा कार्कीले बताउनुभयो । यस्तै जाडोका कारण छालामा रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या […]
पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिए

जनहित अनलाईन, कपिलवस्तु । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन […]
कालीकोटको महावै–३ का वडाअध्यक्ष सिंंहमाथि कुटपिट, टाउकोमा सात वटा टाँका

जनहित अनलाईन, कपिलवस्तु । कालीकोटको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई हिजो बेलुका स्थानीय युवाको समूहले कुटपिट गरेका छन् । आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ । वडाअध्यक्ष सिंहको टाउकोमा […]
प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित

जनहित अनलाईन, कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङेमा कार्यरत प्रहरी निरीक्षक बिर बहादुर सुनारलाइ मङ्सिर ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मान गरिएको छ । प्रहरीमा रहेर सेवा गर्नेहरूमध्ये मासिक रुपमा गरिने ‘महिनाको उत्कृष्ट प्रहरी’बाट निरीक्षक सुनारलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीबाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लागूऔषध नियन्त्रण, […]
वडा स्तरीय युवा क्लबले गर्यो दुई परिवारलाई बन्दोबस्तीका सामाग्री हस्तान्तरण

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका, २ मा रहेको वडा स्तरीय युवा क्लबले स्थानीय दुई असहाय परिवारलाई बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको छ । वाणगङ्गा नगरपालिका, २ गब्दैया निवासी शालिकराम सोमै मगर र बैजलपुर निवासी महुरी थारुको परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । जाडोमा ओढ्ने बिछ्याउने लत्ताकपडा र खाद्यान्न सामाग्री बितरण गरिएको क्लबले जनाएको […]
पाल्पामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको ज्यान गयो दुई घाइते

जनहित अनलाईन, कपिलवस्तु । पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन […]
९ औं चन्द्रौटा महोत्सवको तयारी सुरु

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा व्यापार संघको आयोजनामा यसपालि हुने ९ औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सुरु भएको छ। माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको घोषणा शुक्रबार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा गरिएको छ। “कृषि, उद्योग, पर्यटन र व्यापारस् स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ […]
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण शुरू

जनहित अनलाईन, कपिलवस्तु । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण शुरू भएको छ । झन्डै दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामेरा ट्र्यापिङ, चिह्न पहिचान र डीएनए परीक्षण प्रविधिको […]
अस्पतालमा डाक्टर नबसे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

जनहित अनलाईन, कपिलवस्तु । चिकित्सकहरु कार्यालय समयमा कार्यस्थलमा नभएको पाए कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहका अधिकारीहरुलाई निर्देशन दिएका छन्। उनले यसअघि […]