चार वर्षदेखि लुम्बिनीमा थन्किएका बिजुली बस सञ्चालन आए

काठमाण्डौ । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय बस सञ्चालन हुन थालेको छ । यसअघि कानूनी समस्याका कारण सञ्चालन हुन नसकेका दुई वटा बस हिजोदेखि परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त […]
गाउँपालिका अध्यक्षले मेसिन फुटाइदिएपछि गुल्मीमा राहदानी सेवा ठप्प

गुल्मी । कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले राहदानी शाखाको स्क्यानर फुटाइदिएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी वितरण कार्य ठप्प भएको छ । टोकन प्रणालीका कारण आफ्नो पालिकाबाट आउने सेवाग्राहीको पासपोर्ट बनाउने पालो नआएको भन्दै थापाले प्रशासनको स्क्यानर फुटाइदिएपछि राहदानी सेवा ठप्प भएको हो । बिहीबार विपद् व्यवस्थापनसम्बन्धी बैठकका लागि प्रशासन कार्यालयमा पुगेका थापाले आफ्नो पालिकाबाट पासपोर्ट बनाउन आएका […]
पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुग्यो

बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै रुपन्देहीमा अहिलेसम्म पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ । सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको एक अर्ब सात करोड रकममध्ये ७८ करोड रकम अपचलन भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएर अहिले पनि छानबिन गरिरहेको छ । सुप्रिम सहकारीमा रकम हिनामिना गरेको भन्दै २८ जनाविरुद्ध […]
वैदेशिक रोजगारीः पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

जनहित अनलाईन कपिलवस्तु । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा लगएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा […]
लुम्बिनी प्रदेशको घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ, भ्रमणकालागि बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान

जनहित अनलाईन कपिलवस्तु । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भब्य कार्यक्रमका विच बिहिवार अभियानको शुभारम्भ गरे । प्रदेश […]
धापासीस्थित तीन तले घरमा भीषण आगलागी

जनहित अनलाई कपिलवस्तु । टोखा नगरपालिका वडा नं। ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो । साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको […]
देउखुरीको सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना वृद्व गम्भीर घाइते

जनहित अनलाई कपिलवस्तु । दाङको देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना बृद्व गम्भीर घाइते भएका छन् । बिहीबार राति ६स्४५ बजेको समयमा राप्ती गाउँपालिका(५ सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चौधरी गम्भीर घाइते भएका छन् । भालुवाङ देखि लमही जाँदै गरेको रा १ ख ८०३ […]
तीन महिनाको मौसम पूर्वानुमान यो वर्ष धेरै चिसो नहुने

जनहित अनलाईन कपिलवस्तु । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ। मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिनुहुँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताउनुभएको हो। मौसमविद् अधिकारीले भन्नुभयो, “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ। तीन […]
कोइला बालेर सुतेका आमा र छोराको मृत्यु

जनहित अनलाईन कपिलवस्तु । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती हुनुहुन्छ। गम्भीर घाइते नौ […]
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

जनहित अनलाईन कपिलवस्तु । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान […]