जितपुर मण्टेश्वरीद्वारा अभिभावक तथा विद्यार्थी सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमको बाणगंगा स्थित जितपुर मन्टेश्वरी स्कुलले अभिभावक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनकोअवसर पारेर सम्मान कार्यक्रम गरिएको मन्टेश्वरीका अध्यक्ष असिम कडेल क्षेत्रीले बताउनुभयो ।
मण्टेश्वरीको सफलता तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आफुहरुको प्रयास मात्र प्रयाप्त नहुने भन्दै अभिभावकको सल्लाह तथा सहयोग महत्वपुर्ण हुने बताउनुभयो । अध्यक्ष क्षेत्रीले शिक्षाको क्षेत्रमा जिल्लाकै उत्कृष्ट मन्टेश्वरी बनाउने अभियानमा लागेको भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

पढाईमा मात्रै सिमित नभई अतिरिक्त क्रियाकलाप देखि अनुशान र व्यवहारिक ज्ञान प्रदानमा समेत उतकृष्ट रहेको भन्दै अभिभावकहरुले मन्टेश्वरी परिवारलाई सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा पहिलो त्रैमासिक परिक्षामा उतृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन भने मण्टेश्वरीकी प्रध्यानाध्यापक पुष्पा थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *