भारतमा १३ वर्षीया बालिकासँग ४० वर्षीय विवाहित पुरुषले गरे विवाह

भारतको तेलंगानामा ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरेको घटना बाहिर आएको छ। यो घटना रंगारेड्डी जिल्लाको हो। ८ कक्षामा पढ्ने ती छात्राको विवाह मे २८ मा भएको थियो। यद्यपि, बालिकाले शिक्षिकालाई आफ्नो विवाहको बारेमा जानकारी गराएकी छिन्। यसपछि शिक्षिकाले क्षेत्रका तहसीलदार र प्रहरीलाई सम्पर्क गरिन्। बालिकालाई परामर्श र सुरक्षाको लागि सखी केन्द्र […]

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी […]

शितगंगामा एकना भरुवा बन्दुक सहित एक जना पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । कामीबाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ खोज तलासी गर्दा उक्त हातहतियारफेला पारी पक्राउ गरेको हो ।

जितपुर मण्टेश्वरीद्वारा अभिभावक तथा विद्यार्थी सम्मान

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमको बाणगंगा स्थित जितपुर मन्टेश्वरी स्कुलले अभिभावक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनकोअवसर पारेर सम्मान कार्यक्रम गरिएको मन्टेश्वरीका अध्यक्ष असिम कडेल क्षेत्रीले बताउनुभयो । मण्टेश्वरीको सफलता तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आफुहरुको प्रयास मात्र प्रयाप्त नहुने भन्दै अभिभावकको सल्लाह तथा सहयोग महत्वपुर्ण हुने बताउनुभयो […]